ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
एसईई नतिजा

सुदूरपश्चिमका ३९ विद्यालय नील, शून्य नतिजा नभएको विद्यालय अछाममा मात्रै

बिहिबार १९, असार २०८२ ०४:३१

धनगढी । एसईई परीक्षा ०८१ को नतिजामा सुदूरपश्चिमका ३९ वटा विद्यालयको नतिजा शून्य छ । ती विद्यालयबाट एकजना विद्यार्थी पनि उतीर्ण हुन नसकेका हुन् । अछामबाहेक सबै जिल्लामा शून्य नतिजा ल्याउने विद्यालय छन् । सबैभन्दा धेरै कैलालीमा शून्य नतिजा भएका विद्यालय रहेका छन् ।

कैैलालीमा १० वटा विद्यालयको नतिजा शून्य आएको छ । कैलालीमा भजनी नगरपालिकामा सबैभन्दा धेरै तीन वटा विद्यालयको नतिजा शून्य छ । भजनीको कृष्णध्वज मावि गोडचौरा, राष्ट्रिय मावि धुसी र राष्ट्रिय मावि पल्टुपुर शून्य नतिजा आउने विद्यालयहरु हुन् । 

यस्तै, धनगढी उपमहानगर र मोहन्याल गाउँपाकिका दुुई–दुुई वटा विद्यालयको नतिजा शून्य छ । धनगढी उपमहानगरपालिकाका जनकल्याण मावि जुगेडा र शिव मावि देवहरिया, मोहन्याल गाउँपालिकाका भृकुटी मावि खिमडी र भैरवमाला मावि सुुगरखालको एसईई नतिजा शून्य आएको छ । 

कैलारी गाउँपालिकाको राष्ट्रिय मावि भुुइयाफाँटा, घोडाघोडी नगरपालिकाको विराट सनातन धर्म मावि सुख्खड र जोशीपुर गाउँपालिकाको राष्ट्रिय मावि लकडमण्डीेको नतिजा पनि शून्य छ । 

कैलालीपछि सबैभन्दा बढी शुन्य नतिजा आउने जिल्ला डडेल्धुरा हो । डडेल्धुराका सात वटा विद्यालयको नतिजा शून्य छ । भागेश्वर गाउँपालिकाका तीन वटा विद्यालय सरस्वती मावि बोगटा, कैलपाल मावि पन्नम र कैलपाल मावि पनिउटको नतिजा शूल्य छ । अमरगढी नगरपालिकाका दुुई वटा विद्यालय महेन्द्र मावि (खुलातफ) पुइलेक र उग्रतारा वेद विद्याश्रमको नतिजा शून्य छ । यस्तै, परशुराम नगरपालिकाको बैद्यनाथ मावि सलेता, अजयमेरु गाउँपालिकाको बालबल्याण मावि (साधारणतर्फ) पुइलेक नतिजा शून्य ल्याउने विद्यालय हुन् । 

तेस्रोमा बाजुरामा नील हुने विद्यालय संख्या छ । बाजुराका सात वटा विद्यालयको नतिजा नील छ । बडीमालिका नगरपालिकाका तीन वटा विद्यालय नेपाल राष्ट्रिय मावि, ज्ञानोदय मावि रजातोली र लक्ष्मी मावि जिल्लीको नतिजा शून्न्य छ । यस्तै, बुढीगंगा नगरपालिकाको शारदा मावि, खप्तड छेडेदह गाउँपालिकाको मालिका मावि गाज्रा र गौमुल गाउँपालिकाको मनाकोट मावि थला शून्य नतिजा ल्याउने विद्यालय हुन् । 

डोटीका पाँच वटा विद्यालयहरु पूर्वीचौकी गाउँपालिकाका भारतोली मावि र नेत्रेश्वरी, जोरायल गाउँपालिकाका महाकाली मावि खत्याड र कृष्ण मावि दह, शिखर नगरपालिकाको लाटामाण्डौं मावि शून्य नतिजा आउने विद्यालय हुन् ।  

बैतडीका चारवटा विद्यालयको नतिजा शून्य छ । शिवनाथ गाउँपालिकाका उदय मावि कफाडी र शिवपूर्ण माविको नतिजा शून्य छ । यस्तै पूर्चौडीको महादेव मावि त्रिकाली र दशरथचन्द नगरपालिकाको सरस्वती संस्कृत मावि शून्य नतिजा ल्याउने विद्यालय हुन् । 

दार्चुलाको शैल्यशिखर नगरपालिकाको बद्रीनाथ मावि बोहरीगाउँ, महाकाली नगरपालिकाको पशुपति शिक्षा मन्दिर र मालिकार्जुन नगरपालिकाको हुनैनाथ मावि चन्दनपुरको शून्य नतिजा आएको छ । 

कञ्चनपुरमा पुनर्वास नगरपालिकाका दुुई विद्यालय शान्ति मावि अंशुवर्मा बस्ती र रामबृद्ध मावि पुरैना र शारदा मावि नैरडा गरी तीन वटा विद्यालयको नतिजा शून्य छ । 

बझाङको एउटा मात्रै विद्यालय बित्थडचीर गाउँपालिकाको भगवती माविको नतिजा शून्य आएको छ । गतवर्षको तुलनामा यसवर्ष एसईई नतिजामा सुधार आएको शिक्षा विकास निर्देशनालयका महानिर्देशक दुुर्गादत्त बिष्टले बताए । गत वर्ष ८५ वटा विद्यालयको नतिजा शून्य आएको थियो ।

प्रतिक्रिया