ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका ‘बीपी’लाई राष्ट्रिय पुरस्कार, अन्य चार श्रष्टालाई प्रादेशिक प्रतिभा पुरस्कार

शुक्रबार २०, असार २०८२ ११:०९

धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार पाउनेको नाम घोषणा गरेको छ । सार्वजनिक सूचीअनुसार सुदूरपश्चिम एक श्रष्टाले राष्ट्रिय अन्य चार जनाले प्रादेशिक प्रतिभा पुरस्कार पाउने भएका छन् । 

संगीत तथा नाट्य विधातर्फ बाजुराको बुढीगंगा–४ घर भई कञ्चनपुर बस्दै आएका गीतकार राजेन्द्र शाह बीपीलाई राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ । सोही विधाको प्रादेशिक प्रतिभा पुरस्कार भने बाजुराकै बडीमालिका–८ का प्रकाशबहादुर थापालाई प्रदान गरिने भएको छ । थापा डेउडा गायक हुन् । 

यस्तै भाषा एवं साहित्यतर्फ बैतडीको पाटनका नरेन्द्रप्रसाद भट्टालाइ प्रादेशिक प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ । संस्कृति विधातर्फ प्रादेशिक प्रतिभा पुरस्कार अछामको घुघरकोटका देवेन्द्रप्रसाद भट्ट र ललितकलातर्फ प्रादेशिक प्रतिभा पुरस्कार मित्थु चौधरीलाई प्रदान गरिने भएको छ । चौधरी कैलालीको जानकी गाउँपालिका– ३ का बासिन्दा हुन् । 
 

प्रतिक्रिया