ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

गाजाको ६५ प्रतिशत भूभाग नियन्त्रणमा लिएको इजरायलको दाबी

शनिबार २१, असार २०८२ १२:५२

इजरायली रक्षा बलले गाजाको ६५ भू–भागभन्दा बढीमा आफ्नो नियन्त्रण रहेको दाबी गरेको छ ।

शुक्रबार एक विज्ञप्तिमार्फत हाल गाजा पट्टीको ६५ प्रतिशतभन्दा बढी भूभागमा आफ्नो नियन्त्रण कायम राखेको जनाएको हो ।

उक्त विज्ञप्तिमा इजरायली नियन्त्रणमा रहेका क्षेत्रहरू मुख्यतया उत्तर, दक्षिण र पूर्वी भागहरू रहेको जनाएको छ । इजरायलको च्यानल १२ समाचारका अनुसार मार्चमा इजरायली सेनाले गाजामा आफ्नो आक्रमण पुनः सुरु गर्दा यसले ७५ प्रतिशत भूभाग नियन्त्रण गर्ने लक्ष्य राखेको थियो ।

गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार अक्टोबर २०२३ मा सुरु भएको गाजामा इजरायलको आक्रमणमा ५७ हजार १ सय ३० प्यालेस्टिनीको मृत्यु भएको छ । १ लाख ३५ हजार १ सय ७३ जना घाइते भएका छन् ।

प्रतिक्रिया