धनगढी । कैलालीको गोदावरी नदीमा फसेका छ जनाको उद्वार गरिएको छ । बुधवार श्राद्ध गर्न गएका छ जनाको उद्वार गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी शिवराज जोशीका अनुसार कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ६ का ६५ वर्षीय पल्लु सार्की, सोही ठाउँका ६५ वर्षकै भागेश्वरी सार्की, १२ वर्षीय योगेश सार्की, ३५ वर्षीय बिकट सार्की, ३५ वर्षीय बीर सार्की र बेदकोट नगरपालिका– ७ का २८ वर्षीय अब्दुल सार्कीको उद्धार गरिएको हो ।
उनीहरु काठेपुल नजिक नदीको बिच भागमा फसेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उनीहरूलाई सकुशल उद्वार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी गोगन हमाल, गोदावरीका नगर प्रमुख बिरेन्द्र भट्ट लगायतका पनि त्यहाँ पुगेका थिए ।
प्रतिक्रिया