धनगढी । कैलालीमा हतियारसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले जिल्लाको भजनीबाट बाबुछोरासहित तीन जनालाई पक्राउ गरेको हो ।
प्रहरीले दिलिप कार्की र उनका छोरा विकास कार्की र सुरेश बिकलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट एक थान पेस्तोल र त्यस्को ११ राउन्ड गोली, एक थान हर्नेट बन्दुक र त्यसको २४ राउन्ड र एक थान कटुवा पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए ।
प्रतिक्रिया