दार्चुला । आगामी साउन ८ र १२ गते भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनको सुरक्षाका लागि नेपालतर्फ दार्चुला र बैतडी जिल्लास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुलहरू ७२ घण्टाका लागि बन्द गरिने भएको छ ।
भारतको पिथौरागढ जिल्लाको आयोजनामा मङ्गलबार पिथौरागढमा भएको नेपाल–भारत समन्वय बैठकमा दार्चुला र बैतडीका भारतसँग जोडिएका सीमानाकाका झोलुङ्गे पुलहरू जुलाई २१ अर्थात् आगामी साउन ५ गते बेलुकीदेखि जुलाई २४ अर्थात् साउन ९ गते बिहानसम्म बन्द गर्ने बैठकमा सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।
भारतको उत्तराखण्डमा जुलाई २४ मा ग्राम पञ्चायत, क्षेत्र पञ्चायत र जिल्ला पञ्चायतका लागि मतदान हुने पिथौरागढ जिल्लाका डिएम विनोद गोस्वामीले बताए ।
प्रतिक्रिया