धनगढी । कैलालीमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका–२, साडेपानीस्थित पूर्व–पश्चिम राजमार्ग नजिक एक पुरुषको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार राजमार्गबाट करिब १० मिटर टाढा अन्दाजी ५५र६० वर्ष उमेरका पुरुषको शव भेटिएको हो । हालसम्म मृतकको नाम र थर खुलेको छैन ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।
प्रतिक्रिया