ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कर्णाली याक्सलाई चितवन राइनोजको १ सय ३१ रनको लक्ष्य

शुक्रबार २१, मङि्सर २०८१ ११:०४

काठमाडौँ । इंग्लिस ब्याटर रवि बोपाराले अर्धशतक चितवन राइनोजले नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटमा शुक्रबार कर्णाली याक्सलाई १ सय ३१ रनको लक्ष्य दिएको छ ।  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङमा आएको राइनोजले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ३० रन बनाएको हो ।

बोपाराले ४० बलमा अविजित ५९ रन बनाए । कर्णालीका कप्तान सोमपाल कामीलाई १८ औं ओभरमा लगातार दुई चौका प्रहार गरि उनले आफ्नो अर्धशतक गरेका थिए । उनले कुल ७ चौका र १ छक्का प्रहार गरे । इनिङ्सको अन्तिम बलमा चौका प्रहार गरेका अर्का भेट्रान शरद भेषावकर ३ बलमा ६ रन बनाई अविजित रहे ।

सोमपालले इनिङ्सको पहिलो बलमा लुक बेन्केन्स्टेनलाई शून्यमा बोल्ड गरेका थिए । दीपक बोहरा ८, विपिन रावल ११ रनमा आउट भए । बोपारा र कप्तान कुशल मल्लले चौथो विकेटमा ४९ बलमा ६० रन जोडेका थिए । मल्लले २७ बल खेली २ चौका र १ छक्कासहित २३ रन बनाए ।

देब्रेहाते स्पिनर विपिन शर्माले ४ ओभरमा २१ रनमात्र खर्चेर ३ विकेट लिए । उनले १७ औं ओभरमा यान निकोलास लफ्टी इटोन ९९० र सोहेल तनवीर ९०० लाई आउट गरेका थिए । १९ औं ओभरमा उनले अमरसिंह राउटेलालाई ९ रनमा बोल्ड गरे । जिसन मक्सुदले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी र नन्दन यादवले १–१ विकेट लिए ।

चितवनले पहिलो दुवै खेल जितेको छ भने कर्णालीले पहिलो दुवै खेल हारेको छ । चितवनले यसअघिका खेलमा काठमान्डु गुर्खाजलाई ५ विकेटले र पोखरा राइनोजलाई ८७ रनले पराजित गरेको थियो । याक्स पहिलो दुई खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले र गुर्खाजसँग ३ विकेटले पराजित भएको थियो ।

कर्णालीले भुवन कार्कीको स्थानमा युनिस विक्रमसिंह ठकुरी र बाबर हायतको स्थानमा विलियम बोसिस्टोलाई खेलाएको छ । चितवनले हसन एइसाखिलको स्थानमा यान निकोलास लफ्टी इटोनलाई खेलाएको छ ।

प्रतिक्रिया