धनगढी । नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित निकालेको छ । शनिबार भएको खेलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ४५ रनको पराजित गरेको हो ।
१८८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४२ रन मात्रै बनाउनसक्यो ।
यसअिघ टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८७ रन बनाएको थियो । ओपनर जैबले ६१ बल खेल्दै ६ चौका र ५ छक्का मदतमा सर्वाधिक ९० रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले १९ बल खेल्दै ४ चौका र २ छक्का मदतमा अविजित ३९ रन बनाए ।
बलिङमा लुम्बिनीका लागि रामोन सिमोण्ड्सले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए ।
प्रतिक्रिया