ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा रक्तदान, उपाध्यायले गरे ११०औं पटक रक्तदान

मङ्गलबार २७, साउन २०८२ ०४:०२

धनगढी । ‘दिगो विकास र सुनौलो भविष्यको सारः स्थानीय युवाको सहभागिता समृद्धिका आधार’ भन्ने मूल नाराका साथ आज २५औं अन्तराष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । दिवसको अवसरमा घोडाघोडी नगरपालिका–१० पहलवानपुरमा रहेको सहारा युवा क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । 

रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष निर्मलकुमार मिश्रले जानकारी दिए । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सर्वाधिक रक्तदाता तथा रक्तदान सदभावना दूत दीपक उपाध्यायले ११०औं पटक रक्तदान गरेका छन् । 

यस्तै, अन्तराष्ट्रिय युवा दिवसकै अवसर पारेर नेपाली युवा उद्यमी मञ्च धनगढी च्याप्टरले पनि रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेको मंचका अध्यक्ष अच्युत दहालले बताए । 

उपाध्याय सम्मानित 
११०औं पटक रक्तदान गरेका उपाध्यायलाई सम्मान गरिएको छ । समाजमा उल्लेखनिय र सकारात्मक भूमिका निर्वाह गरेको भन्दै सहारा क्लब पहलवानपुरले उपाध्यायलाई सम्मान गरेको छ । उपाध्यायलाई घोडाघोडी नगरपालिकाका मेयर खडकबहादुर रावत र क्लबका अध्यक्ष निर्मल मिश्रले प्रशंसापत्रसहित सम्मान गरे ।

यस्तै, नेपाली युवा उद्यमी मञ्च धनगढीले समेत उपाध्यायलाई सम्मान गरेको छ । मञ्चका अध्यक्ष दहाल र संस्थापक अध्यक्ष पुष्कर ओझाले रक्तदानको क्षेत्रमा अहोरात्र खटेर हजारौको जीवन बचाउन खेलेको भूमिकाको प्रशंसा गर्दै उपाध्यायलाई दोहल्ला, प्रशंसापत्र र नगदसहित सम्मान गरेको मञ्चका प्रथम उपाध्यक्ष आशिष शाहले बताए ।

प्रतिक्रिया