ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीबाट भारतीय कन्टेनर सशस्त्रको नियन्त्रणमा

मङ्गलबार २७, साउन २०८२ ०६:११

धनगढी । कैलालीको धनगढीबाट भारतीय नम्बर प्लेटको कन्टेनरलाई नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरी बलले राजस्व अपचलनको आशंकामा कन्टेनर नियन्त्रणमा लिएको हो । 

सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरबाट खटेको सशस्त्रको टोलीले युपी–३२ एच एन ७२९ नम्बरको कन्टेनरलाई धनगढी उपमहानगरपालिका–२ मिलन चोक क्षेत्रबाट नियन्त्रणमा लिएको हो । 

नियन्त्रणमा लिइएको कन्टेनरलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरीले बाँकेको कोहलपुरस्थित राजस्व अनुसन्धान कार्यालयमा पठाएको छ । 

प्रतिक्रिया