धनगढी । मनसुनको न्यूनचापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेकोले मनसुन नेपालको पूर्वी भू-भागभन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने देखिन्छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत देशको पहाडी साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।
लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी र तराईलगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा र मधेश प्रदेशलगायत देशका बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
त्यस्तै राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।
लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी र तराईलगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा र मधेश प्रदेशलगायत देशका बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
प्रतिक्रिया