धनगढी । भारतको जम्मू–कश्मीरमा भीषण वर्षापछि आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४६ पुगेको छ । त्यस्तै एक सयभन्दा बढी घाइते भएका छन् ।
किष्टवार जिल्लामा बिहीबार बिहान एकाएक बादल फाटेर आएको बाढी आएको थियो । सो बाढीले ठूलो जनधनको क्षति गरेको काश्मीरका मुख्यमन्त्री ओमर अब्दुल्लाहले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा स्थानीय र तीर्थयात्री रहेका छन् ।
बाढीपछि विभिन्न कठिनाइका बाबजुद उद्धार कार्य जारी रहेको मुख्यमन्त्री ओमरले बताए । हिजो साँझसम्म १६० जनाको उद्धार गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
प्रतिक्रिया