ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

मुख्यमन्त्री शाह र कैलालीका सिडिओ लम्सालबीच भेटघाट

शनिबार ३१, साउन २०८२ १२:३५

धनगढी । कारागार घटनापछि कैलाली आएका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले शनिबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई भेट गरेका छन् । त्यस क्रममा शान्ति, सुरक्षाको विषयमा छलफल भएको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिए । 

भेटघाट तथा छलफलमा सामाजिक विकासमन्त्री मेघराज खड्काको पनि उपस्थिति रहेको थियो । २३ गते कैलाली कारागारमा दुई ब्लकका कैदीबिच हिंसात्मक झडप भएको थियो । त्यस घटनामा एक कैदीबन्दीको मृत्यु हुनुका साथै ४७ जना घाइते भएका थिए । 

कारागार घटनामा सुरक्षा निकायको गम्भीर लापरवाही देखिएपछि गत बुधबार तत्कालीन प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई गृहमा फिर्ता बोलाइएको थियो । उनको ठाउँमा लम्सालले जिम्मेवारी पाएका हुन् ।

प्रतिक्रिया