धनगढी । प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले उपसचिव (प्रदेश लेखा नियन्त्रक)को लिखित नतिजा सार्वजनिक गरेको छ ।
प्रशासन सेवाको लेखा समूहतर्फ उपसचिवका लागि जेठ ३० र ३१ गते भएको लिखित परीक्षाको नतिजा आयोगले सार्वजनिक गरेको हो ।
आन्तरिक प्रतिस्पर्धातर्फ एक, अन्तर तहतर्फ एक, खुला र महिलातर्फ एक÷एक माग पद संख्या रहेकोमा लिखितमा सात जना उत्तीर्ण भएका छन् । आयोगले भदौ १९ गते अन्तर्वार्ता हुने जनाएको छ ।
प्रतिक्रिया