धनगढी । नेपाल प्रिमियर लिग एनपीएलको आइतबारको दोस्रो खेल सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच भइरहेको छ । चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला ब्याटिङको निर्णय लिएका थिए । चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनायो ।
चितवनका लागि अफगान युवा ब्याटर हसन इसाखिलले सर्वाधिक ६५ रन बनाए । उनी अफगान लिजेन्ड मोहम्मद नाबीका छोरा हुन् । यस्तै रवि बोपाराले १८ बलमा ३६ रनको आकर्ष पारी खेले भने विपिन रावलले १७ र कुशल मल्लले १३ रनको योगदान दिए ।
सुदूरपश्चिमका लागि स्कट कुलगेनले २ विकेट लिए भने ब्रान्डन म्याक्मुलेन, दीपेन्द्रसिंह ऐरी र सैफ जैबले एक एक विकेट लिए । लिगमा लगातार तीन खेल जितेको सुदूरले केही समयपछि जवाफी ब्याटिङ गर्नेछ । लिगमा यसअघि सुदूरले दोस्रो ब्याटिङ गरेको थिएन ।
प्रतिक्रिया