ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बाजुराको हिमालीमा जीप दुर्घटना, ७ जना घाइते

आइतबार २४, मङि्सर २०८१ ०२:४२

बाजुरा । जिल्लाको हिमाली गाउँपालिका–६ स्थित धिम गाउँमा जीप दुर्घटना भएको छ । जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । 

धिममा एभरेष्ट इन्टरनेटको नेट जडानका लागि १३ जना सवार रहेको जीप अनियन्त्रीत भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

घाइते ७ जनाको उद्धार गरी कोल्टी अस्पतालमा उपचारका लागि पुगाइएको प्रहरीले जनाएको छ । घाइतेको परिचय खुलेको छैन । 

प्रतिक्रिया