धनगढी । बाजुरा सदरमुकाम मार्तडीमा स्कारपीयो जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ । जिल्ला प्रहरी कार्यालयका बाजुराका प्रहरी निरीक्षक जनकबहादुर बोहराका अनुसार कञ्चनपुरकी ३१ वर्षीया गायत्री पन्तको घटनास्थलमै मृत्यु भएको थियो ।
‘दुर्घटनामा घाइते भएकी कञ्चनपुरकै भीमदत्त नगरापलिका–१८ की ५२ वर्षीया राधिका भट्टको पनि मृत्यु भएको छ,’ उनले भने, ‘भट्टको उपचारका क्रममा बाजुरा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।’ बोहरका अनुसार बाजुराको गौमुल गाउँपालिकाका २५ वर्षीय रमेश धामी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त र कञ्चनपुरको गुलरियाका मोहनदेव भट्ट घाइते छन् ।
घाइते तीन जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ । आइततबार दिउसो सु.प.प्र. ०१–००१ च ४३१६ नम्बरको जीप बडीमालिका नगरपालिका–८ मा दुर्घटनामा परेको हो । जीप कोल्टीदेखि मार्तडी गइरहेको थियो । दुर्घटनाको कारण खुलेको छैन ।
प्रतिक्रिया