धनगढी । कैलालीको धनगढीबाट साढे १० लाख बढीको औषधिसहित दुई जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका- ७ मोतिचोकबाट १० लाख ६५ हजार १८५ रुपैयाँको औषधिसहित दुई जनालाई पक्राउ गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीबाट खटिएको नौ जनाको टोलीले भारतबाट अबैध रुपमा भन्सार छली नेपाल भित्र्याइरहेको अवस्थामा कैलारी गाउँपालिका- ५ पवेरा बस्ने ३० वर्षीय मनोजकुमार चौधरी र गौरीगंगा नगरपालिका- १० उदासीपुर बस्ने २६ वर्षीय खेमराज चौधरीलाई गरेको हो ।
औषधि र उक्त औषधि औषधी बोक्न प्रयोग गरिएको मोटरसाइकल पनि नियन्त्रणमा लिएको नम्बर ३४ गणले जनाएको छ । पक्राउ परेका व्यक्ति तथा बरामद गरिएको औषधि र मोटरसाइकल कैलाली भन्सार कार्यालय धनगढीमा बुझाएको जनाइएको छ ।
प्रतिक्रिया