ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अनसन तोडे लगत्तै डा. केसी गेटा अस्पतालमा भर्ना

मङ्गलबार १७, भदौ २०८२ ०३:५५

धनगढी । गेटा अस्पतालमा तीन दिन अनसन बसेका डा. गोविन्द केसी अनसन तोडे लगत्तै अस्पताल भर्ना भएका छन् । शरीरमा ग्लुकोजको मात्रा घटेपछि उनलाई गेटा अस्पतालमा भर्ना गरिएको हो ।

डा. केसीका सहयोगी अमृत जैसीका अनुसार अनसन तोड्नुअघि उनको शरीरमा ग्लुकोजको मात्रा २७ मा झरेको थियो । ‘शरीरमा सयभन्दा माथि हुनुपर्ने ग्लुकोजको मात्रा २७ मा झर्नु भनेको खतरा हो । ग्लुकोजको मात्रा कम हुँदा स्वास्थ्यमा समस्या देखिएकाले अस्पताल भर्ना गरिएको हो’ जैसीले भने, ‘उहाँ आज अस्पतालमै बस्नु हुन्छ ।’

ग्लुकोजको मात्रा घटेकाले डा. केसीलाई रिंगटा लाग्ने, मांशपेशी बाउडिने, मुटुको चालमा गडबडीजस्ता समस्या देखिएको उनका सहयोगीले बताएका छन् । अनसन तोड्नुअघि उनले ग्लुकोज चढाउन मानेका थिएनन् ।

अस्पतालमा डा. केसीलाई ग्लुकोज चढाइरहेको जैसीले बताए । उनले गेटा अस्पतालमा आइतबारदेखि अनसन सुरु गरेका थिए । गेटा अस्पतालमा उपचार गर्न आएका कञ्चनपुरका ५२ वर्षीय पृतम चौधरीको हातबाट जुस पिएर मंगलबार दिउँसो केसीले अनशन तोडे ।
     
 निजी मेडिकलमा विद्यार्थी सिट संख्या बढाउने सरकारी निर्णय फिर्ता लिनुपर्ने, गेटामा चिकित्सा शिक्षा विश्वविद्यालय सञ्चालनमा ल्याउनुपर्ने, इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज खोल्नुपर्ने, मेडिकल शिक्षालाई गैरनाफामुखी बनाउनुपर्नेलगायत माग गर्दै डा. केसी अनसन बसेका थिए । 

प्रतिक्रिया