ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

देउवामाथिको कुटपिट जति निन्दा गरे पनि कम हुन्छ : शेखर कोइराला

शनिबार २८, भदौ २०८२ १०:४८

काठमाडौं । नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले सभापति शेरबहादुर देउवा माथि भएको हातपात गरिएको घटनाको जति निन्दा गरेपनि कम हुने बताएका छन् ।

उक्त घटनाको निन्दा गर्दै नेता डा. कोइरालाले सभापति देउवाको लोकतान्त्रिक आन्दोलनमा अतुलनीय त्याग, संघर्ष र इतिहास रहेको उल्लेख गरेका छन् । 

कोइरालाले विज्ञप्ति निकालेर भनेका छन्, ‘उहाँमाथि घरमा बसीरहेको समयमा पत्नी समेतमाथि गरिएको हातपात र लुटपाटलाई म जघन्य अपराधको कोटीमा राख्छु, यसको जति निन्दा गरेपनि कम हुन्छ ।’

गत मंगलबार बुढानीलकण्ठस्थित देउवा निवास पुगेका प्रदर्शनकारीले उनी र पत्नी आरजु राणा देउवामाथि कुटपिट गरेका थिए । कुटपिटपछि घाइते अवस्थामा रहेको उनीहरु दुबैको सुरक्षा निगरानीमा उपचार भइरहेको छ । देउवा दम्पत्ति माथि कुटपिट गरेका प्रदर्शनकारीले उनको घरमा आगो लगाएर ध्वस्त बनाएका छन् । 

प्रतिक्रिया