ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

विद्युतको वक्यौता उठाउने मन्त्री घिसिङको निर्णय

सोमबार ३०, भदौ २०८२ ०३:०२

धनगढी । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले नेपाल प्राधिकरणको वक्यौता उठाउने पहिलो निर्णय गरेका छन् ।

आज राष्ट्रपतिबाट सपथ ग्रहणपछि पदभार ग्रहण गर्दै उनले प्राधिकरणको डेडिकेटेड लाइनको वक्यौता बापतको रकम उठाउने निर्णय गरेका हुन् ।  

घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता रकम उठाउने विषयमा सरकारसँग विवाद हुँदै आएको थियो । बक्यौता उठाइछाड्ने निर्णयमा पुगेका तत्कालीन कार्यकारी निर्देशक घिसिङलाई सरकारले हटाउनेसम्मको निर्णय गर्‍यो ।

उनलाई निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत चैत्रमा प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरी ओलीकै सालो हितेन्द्रदेव शाक्यलाई  कार्यकारी निर्देशक बनाएको थियो ।

प्रतिक्रिया