ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीबाट साढे ५४ लाखको सामान बरामद

बिहिबार ०२, असोज २०८२ ०३:१३

धनगढी । कैलालीको धनगढीबाट प्रहरीले साढे ५४ लाखको सामान बरामद गरेको छ । धनगढी उपमहानगरपालिका– ४ स्थित पश्चिम धनगढी लोजेस्टिक ट्रान्सपोर्टबाट ५४ लाख ५० हजारको सामान बरामद गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसधरा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त सामान बरामद गरेको हो । 

यस्तै इलाका प्रहरी कार्यालय  टीकापुरबाट खटिएको प्रहरी टोलीले टिकापुर नगरपालिका– ९ भैयावाडास्थित नहर नजिकबाट पनि थप सामान बरामद गरेको छ । दुई लाख ३३ हजार ५६० मूल्य बराबरको सामान बरामद गरिएको डीएसपी सिंहले बताए । बेवारिसे अवस्थामा फेला परेको उक्त सामान भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको ट । 

यी हुन् बरामद गरिएका सामान

प्रतिक्रिया