ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा अर्धनग्न अवस्थामा युवतीको शव फेला, घटना शंकास्पद

आइतबार १८, माघ २०८२ १२:५६

धनगढी । कञ्चनपुरमा एक युवतीको शव फेला परेको छ । भीमदत्त नगरपालिका– १० तिल्केनीस्थित शान्ति सामुदायिक वनमा युवतीको शव भेटिएको हो । 

अर्धनग्न अवस्थामा वनभित्रको खोजा नजिक २५ वर्षमुनिकी युवतीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालय प्रमुख प्रहरी उपरीक्षक खडकबहादुर खत्रीले मृत फेला परेकी युवतीको सनाखत हुन सकेको छैन । ‘शव षड्न लागेको अवस्थामा भेटिएको छ,’ प्रहरी उपरीक्षक खत्रीले भने, ‘१०–१५ दिनअघिको घटना हुनसक्छ ।’

प्रहरी उपरीक्षक खत्रीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । स्थानीयले युवतीको शरीरमा चोटपटक देखिएकोले घटना शंकास्पद भएको बताएका छन् । 

प्रतिक्रिया