काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहान भएको खेलमा काठमाडौं गुर्खाजले विराटनगर किङ्सलाई ११७ रनमा अलआउट गरेको छ । टस जितेर काठमाडौंले फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको विराटनगरले १९.५ ओभरमा ११७ रन बनाउँदै १० विकेट गुमाएको हो ।
यससँगै काठमाडौं गुर्खाजले जितका लागि ११८ रनको लक्ष्य पाएको छ । काठमाडौंले आज फराकिलो अन्तरको जित निकालेमा प्ले अफमा पुग्ने सम्भावना कायम रहन्छ । जसका कारण आजको खेल काठमाडौंका लागि निकै महत्त्वपूर्ण छ । विराटनगर भने यसअघि नै प्लेअफको दौडबाट बाहिरिइसकेको छ ।
प्रतिक्रिया