धनगढी । कैलालीको धनगढीबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस धनगढीको बोराडाँडीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित बोराडाँडीमा ग २ ख १९०७ नम्बरको बस शनिबार बिहान दुर्घटना भएको हो ।
सो दुर्घटनामा घाइते भएका एक पैदलयात्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहले ६० वर्षीय गणेश शाहीको मृत्यु भएको बताए ।
यस्तै दुर्घटनामा १४ जना घाइते उपचाररत छन् । प्रहरीका अनुसार बसमा १९ जना सवार रहेका थिए । घाइतेहरुको विस्तृत विवरण खुल्न बाँकी रहेको र थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया