धनगढी । कैलालीमा फरार कैदीबन्दीलाई सम्पर्कमा आउन दिइएको अवधि सकिएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जेनजी आन्दोलनका क्रममा फरार भएका कैदीबन्दीलाई सम्पर्कमा आउन २० गतेसम्मको समय दिएको थियो ।
उक्त अवधि सकिएको आज तेस्रो दिन हो । तर, २४ भदौमा भागेका तीन सय आठ जना कैदीबन्दी अझै फरार रहेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार अहिलेसम्म तीन सय ६४ जना कैदीबन्दी भने कैलाली कारागार फर्किएका छन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले २० गतेसम्म पनि सम्पर्कमा नआएका कैदीबन्दीलाई अब थप कारबाहीको प्रक्रिया अगाडि बढ्ने बताए । उनका अनुसार कारागार ऐन २०७९ र प्रचलित कानुन बमोजिम थप कारबाही हुने छ । फरार कैदीबन्दीलाई लुकाउने र आश्रय दिनेलाई पनि कारबाहीको दायरामा ल्याइने जोशीले बताए ।
जोशीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा फरार बन्दी खोजी तथा पक्राउ कार्यदल यसअघि नै गठन भइसकेको छ ।
प्रतिक्रिया