ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा युवकको घाँटी रेटेर हत्या, टाउको लिएर प्रहरी कार्यालय गइरहेका दुई जना पक्राउ

शनिबार २५, असोज २०८२ ०७:१०

धनगढी । कैलालीमा एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–८ जरैमा २८ वर्षीय स्थानीय केशरबहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार हत्या आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । १९ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको डीएसपी सिंहले बताए ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीका अनुसार बिक र क्षत्रीलाई घाँटी रेटिएका युवकको टाउको लिएर प्रहरी कार्यालय आउने क्रममा पक्राउ गरिएको हो ।

`प्रहरी टोली गस्तीमा थियो, आफूहरुले हत्या गरेको भन्दै दुई युवकले टाउको देखाएपछि पक्राउ गरिएको हो,´ डीएसपी अवस्थीले भने । आरोपित दुबै युवक शरीर घटनास्थलमै छोडेर टाउको लगेर प्रहरी कार्यालय गइरहेका थिए । मदिरा सेवनपछि विवाद हुँदा घटना घटेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया