ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक

सोमबार ०२, पुष २०८१ ०९:१७


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक भएको छ । आइतबारसम्म खुलिरहेको वेबसाइट सोमबार बिहान ह्याक भएको हो ।

मौसम विज्ञान विभागअन्तर्गतको महाशाखाले मौसमसम्बन्धि पूर्वानुमान र जानकारी दिने गर्दछ । महाशाखाले साप्ताहिक, तीन दिनको मौसम पूर्वानुमान बुलेटिन प्रकाशन गर्दै आएको छ ।

महाशाखाले हरेक दिन बिहान र बेलुका मौसमसम्बन्धी बुलेटिन प्रकाशन गर्ने गर्दथ्यो । साथै विशेष परिस्थितिमा विशेष बुलेटिन पनि प्रकाशन गर्दै आएको थियो ।

प्रतिक्रिया