धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दसहित १० जना प्रहरीलाई पुरस्कृत गरेको छ ।
पुरस्कृत हुनेहरुमा वरिष्ठ सई लोकेन्द्र बहादुर चन्द, सई गजेन्द्र बहादुर चन्द, सई सुशील चन्द ठकुरीसहित राजेन्द्र बहादुर सिंह, कृष्ण बहादुर बोहराज, जङ्ग बहादुर आलेमगर, अमराज बुढा, सन्तोष महरा र हर्कबहादुर बोहरा रहेका छन् ।
अत्तरियामा डडेल्धुराका गौरव ऐरमाथि भएको हतियार प्रहारको घटनामा सक्रियता देखाएर आरोपीतहरू पक्राउ गर्न सफल भएको भन्दै प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रेकर्डमा जनिनेगरि नगदसहित उनीहरूलाई पुरस्कृत गरिएको हो । इलाका प्रहरी कार्यालय मालाखेती र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले गौरव ऐरमाथि धारिलो हतियार प्रहार गर्ने १२ जनालाई भारततर्फ भागिरहेको अवस्थामा पक्राउ गरिएको थियो । उनीहरूविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया