ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीको चौधरी हार्डवयरमा पाँच लाख नगद र सामान चोरी

शनिबार ०१, कार्तिक २०८२ १२:४४

धनगढी । धनगढीको चौधरी हार्डवयर एण्ड सप्लायर्समा चोरी भएको छ । धनगढी उपमहानगरपालिका–४ को दक्षिणकाली मार्गमा रहेको चौधरी हार्डवयर एण्ड सप्लायर्समा शुक्रबार राति चोरी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार पाँच लाख रुपैयाँ नगद र सोही बराबरको सामान चोरी गरिएको छ । 

चौधरी हार्डवयरका प्रबन्ध निर्देशक जयप्रकाश चौधरीले जस्ता पाताले छाएको पसलको छानोबाट गोदाममा पसेर चोरी गरिएको बताए । उनले नगद पाँच लाखसहित ठुलो परिमाणमा महत्वपूर्ण सामान चोरी भएको बताए ।

प्रतिक्रिया