धनगढी । कैलालीको धनगढीमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सवको अवधि चार दिन थप गरिएको छ । आयोजक कैलाली उद्योग वाणिज्य संघले महोत्सवको अवधि चार दिन थप गरिएको जानकारी दिए ।
मंसिर २२ गतेदेखि सुरु भएको सुदूरपश्चिम महोत्सव पुस २ गते सकिने भनिएको थियो । दर्शकको मागलाई मध्यनजर गर्दै पुस ६ गतेसम्म थप गरिएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवँरले जानकारी दिए ।
प्रतिक्रिया