धनगढी । कैलालीमा भन्सार छलीका सामानसहित दुई महिला पक्राउ परेका छन् ।
जिल्लाको लम्कीचुहा नगरपालिका–१ बाट भारतबाट भन्सार छली ल्याएका ८९ हजार ५ सय मूल्य बराबरको सामानसहित लम्कीचुहा नगरपालिकाको थकालीपुर बस्ने २८ वर्षीया आशा हमाल र २५ वर्षीया वविता शाही पक्राउ परेका हुन् ।
दुबै जनालाई प्याज, चिनी, चामल, खाने तेल, पास्ता, पानीपुरी लगायतका समानसहित इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रतिक्रिया