धनगढी । डोटीमा चिया पसलमा आगलागी भएको छ । जिल्लाको जोरायल गाउँपालिका- २ बस्ती बस्ने ४० वर्षीय नयाराम पल्ली मगरको काठले बनेको टिनले छाएको चिया पसलमा विद्युतको तार सर्ट भई आगलागी भएको हो ।
आगलागी हुँदा चिया पसलभित्र रहेका लत्ताकपडा, खाद्यान्न, ग्याँस सिलिण्डर, चुलो, फ्रिज, काठ र फर्निचर लगायतका सामानहरु जलेर नस्ट भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार दुई लाख ५१ हजार बराबरको क्षति भएको छ ।
प्रतिक्रिया