ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम एमालेका इन्चार्ज लेखराजका भाइले छोडे पार्टी

शुक्रबार १४, कार्तिक २०८२ ०४:१०

धनगढी । नेकपा एमालेका सचिवालय सदस्य गोकर्ण भट्टले पार्टी परित्याग गरेका छन् । पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीका सचिवालय सदस्य रहेका भट्टले पार्टीको सदस्यता परित्याग गरेको घोषणा गरेका हुन् । उनले अब स्वतन्त्र रूपमा समाजसेवामा लाग्ने बताएका छन् ।

उनले पार्टीभित्रको गुटबन्दी, अवसरवाद, धनवाद, डनवाद र यौनवादजस्ता प्रवृत्तिका कारण पार्टी छोड्नुपरेको बताएका छन् । `इमानदार कार्यकर्ता र नेताको मूल्याङ्कन हुने परम्परा हराउँदै गएको छ,´ उनले भनेका छन्, `सत्ता र स्वार्थका लागि पार्टीहरू चरम अवसरवादमा डुबेका छन् ।´

भट्टले आफू अब स्वतन्त्र नागरिकको हैसियतमा समाज र देशका लागि आफ्नो क्षमताले भ्याएसम्म सेवा गर्ने बताउँदै देश दुई ठूला दलको अपवित्र गठबन्धन र भ्रष्टाचारको कारण दलदलमा फसेको बताएका छन् । 

एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टका भाइ रहेका उनले २०७५ सालमा एमाले र माओवादी एकीकरणपछि गोदावरी नगर कमिटी अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । पार्टी विभाजनपछि पनि एमालेमै रहँदै २०७९ सालको स्थानीय तह निर्वाचनमा नगर प्रमुखका उम्मेदवार बनेका थिए । नगर प्रमुखमा उनी पराजित भएका थिए ।

प्रतिक्रिया