काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दिउँसो क्वालिफायर १ को खेल हुँदा फाइनलमा पुग्नका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदै छन् ।
यसअघि समूह चरणमा यी दुई टोलीले एक-अर्काको सामना गरिसकेका छन् । उक्त खेलमा सुदूरपश्चिमले जनकपुर बोल्ट्सलाई ५१ रनमा अलआउट गर्दै ७२ रनको फराकिलो जित निकालेको थियो । जसका कारण सुदूरपश्चिम उच्च मनोबलका साथ मैदानमा उत्रँदै छ । उता जनकपुर भने समूह चरणमा व्यहोरेको हारको बदला लिने लक्ष्यमा हुनेछ ।
यो खेल जित्ने टोली सिधै फाइनलमा पुग्नेछ । उता पराजित हुने टोलीले पनि एक मौका पाउनेछ । आज पराजित हुनेले इलिमनेटरको विजेता टोलीसँग पुनः क्वालिफायर टु खेल्नेछ । क्वालिफायर टुको विजेता टोलीसँग क्वालिफायर १ को विजेता टोलीले फाइनल खेल्नेछ ।
प्रतिक्रिया