धनगढी । रोयल इनफिल्डले नेपालमा परिमार्जित सुविधासहितको नयाँ २०२५ मेटिओर–३५० मोटरसाइकल सार्वजनिक गरेको छ ।
कम्पनीले आजदेखि टेस्ट राइड र बुकिङ खुलेको घोषणा गरेको छ । सुदूरपश्चिममा पनि यसको बिक्री औपचारिक रूपमा सुरु भएको घोषणा गरिएको छ । धनगढीस्थित भुमी अटो हव प्रालिले आजदेखि बिक्री सुरु गरेको जनाएको छ ।
नयाँ मेटिओर–३५० चार भेरियन्ट फायरबल, स्टेलर, आरोरा र सुपरनोभा तथा सात नयाँ रङ विकल्पसहित उपलब्ध छ । सबै मोडेलमा एलइडी हेडलाम्प, उन्नत फिनिश र ३४९ सिसी जे सिरिज इन्जिन जडान गरिएको छ ।
यसको मूल्य ५ लाख ७७ हजारबाट सुरु हुन्छ । राइडरहरूका लागि किटहरू पनि उपलब्ध छन् ।
रोयल एनफिल्डले सबै मोडेलमा सात वर्षसम्मको विस्तारित वारेन्टी र रोडसाइड असिस्टेन्स सुविधा पनि सुरु गरेको छ ।
अब सुदूरपश्चिमका ग्राहकहरूले नयाँ मेटिओर–३५० प्रत्यक्ष रूपमा धनगढीमै अवलोकन, टेस्ट–राइड र बुकिङ गर्न सक्ने भुमी अटो हवका संचालक डिल्लीराज उपाध्यायले जानकारी दिए ।
प्रतिक्रिया