ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

दार्चुलामा धारिलो हतियार प्रहारबाट प्रहरीको हत्या, दुई महिलासहित तीन जना पक्राउ

मङ्गलबार २७, माघ २०८२ ०१:४९

धनगढी । दार्चुलामा मृत फेला परेका नेपाल प्रहरी हवल्दारको हत्या भएको खुलेको छ । सामुदायिक प्रहरी केन्द्रमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या भएको खुलेको हो । प्रारम्भिक अनुसन्धान र घटनाको प्रकृतिबाट घर्तीको हत्या भएको खुलेको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर बिष्टले हत्या आरोपमा तीन जनालाई पक्राउ गरिएको जानकारी दिए । महाकाली- ४ का दीपिका पाल, मानमती पाइलवार र सुरेन्द्र बमलाई पक्राउ गरिएको एसएसपी बिष्टले बताए ।

घटनामा अन्य चार जनाको पनि संग्लनता भएको आशंकामा खोजी भइरहेको उनले बताए । `टाउकोमा धारिलो हतियार प्रहार गरिएको छ,´ उनले भने, `जिल्लाको टिमले घटनाको अनुसन्धान गरिरहेको छ ।´

महिलासंगको विवादले घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको एसएसपी बिष्टले बताए । घर्ती महाकाली नगरपालिका–४ बांगाबगडमा रहेको एक होटल पछाडि मृत भेटिएका थिए । 

प्रतिक्रिया