ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुराका १२ वर्षीय अभिषेकको उपचारमा समस्या, सहयोगका लागि अपिल

सोमबार २६, माघ २०८२ ०१:४४

धनगढी । डडेल्धुराका १२ वर्षीय बालक अभिषेक भट्टको उपचारमा समस्या भएको छ । सानै उमेरमा आमा गुमाएका भट्टको खेल्ने क्रममा टाउकोमा गम्भीर चोट लागेको थियो । 

परिवारको आर्थिक अवस्था कमजोर भएकाले भट्टको स्वास्थ्य उपचारमा समस्या आएको छ । भट्टकी कान्छी आमा पार्वती पनेरु भट्टका अनुसार चिकित्सकले टाउकोमा गम्भीर चोट लागेको र मस्तिष्कको शल्यक्रिया गर्नुपर्ने बताएका छन् । 

‘शल्यक्रिया तत्काल गर्न नसके बच्चाको जीवन जोखिममा पर्ने चिकित्सकले बताएका छन्’ उनले भनिन्, ‘उपचार खर्च महंगो हुँदा समस्या भएको छ ।’ उनले उपचारका लागि सक्दो सहयोगका गरिदिन सम्पूर्णमा अपिल पनि गरेकी छिन् । भट्टको जीवन रक्षाका लागि अभियान नै चलाइएको छ । उक्त अभियानमा सहयोग गर्न हुन ९८६२४७८८१९ नम्बरमा सम्पर्क गर्न र तपशीलको क्यूआरमा रकम पठाउन सकिने परिवारले जनाएको छ । 

प्रतिक्रिया