ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बैतडीमा दोगडाकेदार पहिलो हुँदा स्वतन्त्रले नेतृत्व गरिरहेको डिलासैनी अन्तिम

शनिबार ०२, फागुन २०८२ १२:०३

बैतडी । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्याकंनमा बैतडीका १० पालिकामध्ये दोगडाकेदार गाउँपालिका उत्कृष्ट बनेको छ । ६० दशमलव ५२ अंकसहित जिल्लामा दोगडाकेदार पहिलो बनेको हो । 

४० दशमलव ३८ अंकसहित डिलाशैनी गाउँपालिका अन्तिम स्थानमा रहेको छ । उक्त गाउँपालिकाको अध्यक्षमा सन्तोसप्रकाश जोशी छन् । उनी स्वतन्त्र उम्मेदवार भएर निर्वाचित भएका थिए । 

आयोगले प्रकाशन गरेको कार्यसम्पादन मूल्यांकन नतिजा अनुसार पाटन नगरपालिकाले ५९ दशमलव ७० अंक ल्याएको छ भने शिवनाथ गाउँपालिकाले ५९ दशमलव ४४ अंक प्राप्त गरेको छ । यस्तै मेलौली नगरपालिकाले ५७ दशमलव १६ अंक ल्याउँदा सुर्नया गाउँपालिकाले ५२ दशमलव ४६ अंक ल्याएको छ ।

कार्यसम्पादन मूल्यांकनमा पुर्चौंडी नगरपालिकाले ४८ दशमलव ६९, दशरथचन्द नगरपालिकाले ४८ दशमलव ५८, पञ्चेश्वर गाउँपालिकाले ४८ दशमलव ५१ र सिगास गाउँपालिकाले ४६ दशमलव ७१ अंक ल्याएको छ । 

आयोगले विभिन्न १७ सूचकहरु तय गरेर मूल्यांकन गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । 

प्रतिक्रिया