ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

फेरि सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक, शीर्ष नेताहरूसँग छलफलमा देउवा

बिहिबार ०४, मङि्सर २०८२ १२:५५

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ । बिहीबारका लागि बोलाइएको बैठक शनिबारसम्मका लागि सरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

उनका अनुसार कांग्रेस केन्द्रीय समिति बैठक अब शनिबार १ बजे बस्नेछ । यसअघि कांग्रेसले ३० कात्तिकमा सूचना जारी गरेर १ मंसिरका लागि बोलाइएको बैठक स्थगित गरेर बिहीबारका लागि बोलाएको थियो । 

गत २८ असोजदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठक पार्टीको १५औँ महाधिवेशन कहिले गर्ने भन्ने विवादका कारण अलमलिएको छ । कांग्रेसमा संस्थापनपक्षका पूर्वपदाधिकारी २१ फागुनमा हुने प्रतिनिधिसभाको चुनावपछि मात्र महाधिवेशन गर्नुपर्ने पक्षमा छन् भने संस्थापनइतर समूहका नेताहरू चुनावअघि महाधिवेशन गर्नुपर्ने पक्षमा छन् । 

बैठक स्थगित गरेर पार्टी सभापति शेरबहादुुर देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायतका शीर्ष नेताहरूसँग छलफल जारी राखेका छन् । 

प्रतिक्रिया