ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

नेतृत्व लिने होडले पार्टी कमजोर : मुख्यमन्त्री शाह

शनिबार ०६, मङि्सर २०८२ १२:५९

बाजुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसभित्र देखिएको नेतृत्व लिने होडबाजी र अनावश्यक विवादले पार्टीलाई गलत दिशातर्फ धकेलिरहेको बताएका छन् । बाजुरामा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी सभापति शेरबहादुर देउवालाई बाहिर राखेर नेतृत्व लिन्छु भन्ने भ्रममा नपर्नसमेत नेताकार्यकर्तालाई आग्रह गरे ।

‘नेतृत्व कसले लिने ? कसरी लिने ? भन्ने विषयमा होडबाजी नगरौँ। हामी गलत ढंगले अगाडि बढिरहेका छौँ,’ मुख्यमन्त्री शाहले भने, ‘विचारमन्थनका लागि स्पष्ट दृष्टिकोण र भिजन दिन महासमिति बैठक अपरिहार्य छ।’ पार्टीभित्र वैचारिक तथा सैद्धान्तिक बहसलाई संस्थागत रूपमा अघि बढाउन महासमिति सर्वोत्तम माध्यम भएको उनको भनाइ थियो ।

भदौ २३ र २४ गतेको घटनापछि नै महासमिति बैठक बोलिनुपर्नेमा ढिलाइ गरिएको र सभापति देउवामाथिको सांघातिक आक्रमणपछि समेत विशेष महाधिवेशनका नाममा हस्ताक्षर अभियान चलाइनु पार्टीलाई विभाजनतिर लैजाने कदम भएको शाहले बताए । उनले पूर्वसभापति सुशील कोइरालाको कार्यकालमा समेत पार्टीले आवश्यकता अनुसार संविधान संशोधन गरी कार्यकाल थपेको उदाहरण दिँदै अहिले फेरि पार्टी गलत बाटोतिर हिँडिरहेको महसुस गर्नुपर्ने बताए ।

 

प्रतिक्रिया