ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

भीम रावल भन्छन्– मेरो वरीयताको पिर ओलीलाई छ

आइतबार ०७, मङि्सर २०८२ ०१:०४

धनगढी । नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले आफ्नो बरियताको पिर नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई रहेको भन्दै व्यङ्ग्य गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीले यही मंसिर १२ गते धनगढीमा गर्न लागेको एकता सन्देश सभाको जानकारी दिन आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता रावलले आफू बरियता खोज्दै नयाँ पार्टीको एकीकरण नआएको बताए ।

‘मेरो बरियताको सबभन्दा बढी पिर अहिले केपी ओलीलाई छ । जसले मलाइ पार्टीमा बस्छु भन्दा पनि दिएन, पार्टीबाट निकाल्यो । अछाम जिल्लामा मलाइ टीकट पनि दिनु भएन’ रावलले भने, ‘अनि अहिले उहाँलाई बरियताको पिर भयो ।’ एमाले पूर्वउपाध्यक्ष रावल नेपाली कम्युनिष्ट पार्टीमा गएपछि उक्त पार्टीमा उनको बरियतालाई लिएर एमाले अध्यक्ष ओलीले व्यङ्ग्य गरेका थिए । रावलले बरियता खोज्न नभइ देशको हितमा काम गर्न आफू नेपाली कम्युनिष्ट पार्टीमा एकतावद्ध भएको बताए ।

ओलीको निरंकुश र स्वेच्छाचारी प्रवृतिविरुद्ध ठूलो संख्यामा एमाले नेताकार्यकर्ता रहेको दावी गर्दै रावलले एमालेमा ओलीविरुद्ध विद्रोह गर्न खोज्नेलाई नेपाली कम्युनिष्ट पार्टीमा ल्याउन छलफल गरिने बताए । 

जेजनी आन्दोलनबाट पाठ सिक्नुको साटो युवा फोर्सका नाममा अपराधमा संलग्न व्यक्तिलाई नेतृत्व दिएर एमालेले नागरिकलाई तर्साउन खोजेको उनले आरोप लगाए । ‘जेनजी आन्दोलनबाट पाठ नसिकी सात÷सात वटा आपराधिक मुद्दा लागेका व्यक्तिका नाममा फोर्स गठन गरेर व्यक्तिव्यक्तिलाई धम्की दिने, निर्वाचन नगर्ने कुराले राष्ट्रिय सुरक्षमा खतरा उत्पन्न हुने त होइन भन्ने प्रश्न उठेको छ’ रावलले भने । 
 

प्रतिक्रिया