ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको लागि कांग्रेसले गरायो दल दर्ता

आइतबार ०७, मङि्सर २०८२ ०४:५९

नेपाली कांग्रेसले निर्वाचन आयोगमा पार्टी दर्ता गराएको छ । आइतबार कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै प्रयोजनका लागि पार्टी दर्ता गरेको जानकारी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए । 

‘राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै प्रयोजनको लागि नेपाली कांग्रेस पार्टी दर्ता गरिएको छ,’ पौडेलले शिलापत्रसँग भने । 

कांग्रेस केन्द्रीय समितिको शनिबारको बैठकले पार्टी दर्ता निर्णय गरेको छ । सोही निर्णयअनुसार माघ ११ को राष्ट्रियसभा र फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको लागि पार्टी दर्ता गरेको हो ।

प्रतिक्रिया