ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा होटल क्षेत्रमा लगानी बढ्दो, पर्यटक नबढ्दा रहन्छन् खाली

आइतबार ०७, मङि्सर २०८२ ०५:३७

धनगढी । सुदूरपश्चिम प्रदेशमा होटल क्षेत्रमा लगानी बढिरहेको भए पनि होटल अकुपेन्सी घट्दै गएको छ । आर्थिक वर्ष २०८०/८१ मा होटल अकुपेन्सी ४२.४ प्रतिशत रहेकोमा गतआर्थिक वर्ष २०८१/८२ मा यो दर घटेर ३६.४ पुगेको छ । अर्थात्, झण्डै ६४ प्रतिशत होटलका बेड दैनिक रुपमा खाली रहने गरेका छन् । राष्ट्र बैंकले वार्षिक आर्थिक गतिविधि अध्ययनमा नमुना १० होटल छनोट गरी तथ्यांक संकलन गरेर विश्लेषण गरेको थियो ।

सो विवरणअनुसार गतवर्ष १५ हजार ३४९ जना भारतीय पर्यटक, १६५ जना चिनियाँ पर्यटक तथा एक ४११ जना तेस्रो मुलुकबाट आएका पर्यटक गरी जम्मा १६ हजार ९२५ जना बाह्य पर्यटकहरुले यस प्रदेशमा भ्रमण गरेको राष्ट्र बैंकले प्रतिवेदनमा उल्लेख गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा २४ हजार ४ सय ४० जना भारतीय, ८ सय ५० चिनीँया तथा ५ हजार ६ सय पचासी तेस्रो मुलुकको गरी जम्मा ३० हजार ९ सय २५ जना बाह्य पर्यटकहरुले भ्रमण गरेका थिए । २०७९/८० को तुलनामा २०८०÷८१ मा बाह्य पर्यटकको आगमन ५३ प्रतिशतले उत्साहजनक वृद्धि भए पनि २०८१/८२ मा सोहीअनुसार पर्यटक आगमन बृद्धि हुन सकेन ।

आर्थिक वर्ष २०७९/८० मा प्रदेशमा १५ हजार ८८१ जना भारतीय, एक हजार २२३ जना चिनीँया तथा ३ हजार एक सय जना तेस्रो मुलुकको गरी जम्मा २० हजार २ सय १६ जना बाह्य पर्यटकहरुले भ्रमण गरेका थिए । सोवर्ष कोरोना महामारीको प्रभाव न्यून भएको र आर्थिक गतिविधि चलायमान भएसँगै बाह्य पर्यटकको संख्यामा तुलनामा २६१ प्रतिशतले उत्साहजनक वृद्धि भएको थियो ।

२०८०/८१ मा सुदूरपश्चिम प्रदेशका नौ जिल्लाहरुमा ४६ वटा पर्यटकस्तरीय होटलहरु सञ्चालनमा थिए । गतवर्ष पर्यटकीय होटल थपिएन भने सो वर्ष होटल बेडको संख्या एक हजार ६०७ रहेकोमा गतवर्ष होटल बेड पनि बढ्न सकेन ।

प्रतिक्रिया