ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा साढे ३७ प्रतिशतले बढ्यो घरजग्गाको कारोबार

मङ्गलबार ०९, मङि्सर २०८२ ०८:३९

धनगढी । लगातार तीन वर्षदेखि घट्दो क्रममा रहेको सुदूरपश्चिम प्रदेशको घरजग्गा कारोबार गतवर्ष साढे ३७ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ बाट निरन्तर घटिरहेको घरजग्गा कारोबार बृद्धि भई घरजग्गा रजिष्ट्रेशन बापतको राजश्व संकलन समेत ३७.८२ प्रतिशतले वृद्धि भएको हो । 

आर्थिक वर्ष २०८१/८२ मा घरजग्गाको कारोबार ३७.५० प्रतिशत बृद्धि हुँदा घरजग्गा रजिष्ट्रेशन बापतको राजस्व संकलन ३७.६२ प्रतिशतले वृद्धि भई एक अर्ब २३ करोड संकलन भएको छ । आर्थिक वर्ष २०८०/८१ मा घरजग्गा रजिष्ट्रेशन ८.१३ प्रतिशतले घटेको भए पनि राजस्व संकलन ३१.१४ प्रतिशतले वृद्धि भई ८९ करोड संकलन भएको थियो । 

२०७९/८० मा घरजग्गा रजिष्ट्रेशन ३०.०६ प्रतिशतले घटेर घरजग्गा रजिष्ट्रेशन बापतको राजस्व संकलन ५४.०१ प्रतिशतले ह्रास भई ६७ करोड ९० लाखमा झरेको थियो । २०७८/७९ मा घरजग्गा रजिष्ट्रेशन ९.७१ प्रतिशतले वृद्धि हुँदा सो बापतको राजस्व संकलन पनि १८.४३ प्रतिशतले वृद्धि भई १ अर्ब १५ करोड ८० लाख संकलन भएको थियो ।

नेपाल राष्ट्र बैंकले गरेको सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०८१/८२ का अनुसार सो वर्ष घर/भवन नक्सा पास संख्या ११.६१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा घर/भवन नक्सा पास संख्या १८.९५ प्रतिशतले कमि आएको थियो । ‘सुदूरपश्चिम प्रदेशमा बाजुरा, डडेल्धुरा र कैलाली जिल्लाबाहेक अन्य जिल्लाहरुमा घरजग्गा रजिष्ट्रेशन संख्यामा कमी आएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘समीक्षा वर्षमा कैलाली जिल्लामा सबैभन्दा बढी एक हजार ५ सय २१ वटा घर/भवन नक्सा पास भएका छन् भने बाजुरा, र बैतडी जिल्लामा घर/भवन नक्सा पास भएको छैन । आर्थिक वर्ष २०८१/८२ मा आर्थिक गतिविधिहरु सुस्त नै रहेको, पहाडी जिल्लाहरुमा घरनक्सा पास गर्ने प्रचलन कमै रहेको र केही जिल्लाहरुमा घरनक्सा पास नभए पनि समग्रमा नक्सा पास संख्यामा वृद्धि नै भएको देखिन्छ ।

प्रतिक्रिया