ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट पेस

मङ्गलबार ०९, मङि्सर २०८२ १२:५२

नेकपा (एमाले)ले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट पेस गरेको छ । एमालेका नेता महेश बर्तौलाले मंगलबार प्रतिनिधिसभा पुनर्स्थापनाको लागि रिट पेस गरेको जानकारी दिए ।

रिट निवेदकमा तत्कालीन प्रमुख सचेतकसमेत रहेका बर्तौला र तत्कालीन सचेतक सुनिता बराल रहेका छन् ।

एमालेले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा रिट हालेको हो । विघटित प्रतिनिधिसभाको एमालेको तत्कालीन संसदीय दलको तर्फबाट रिट हालिएको बर्तौलाले बताए ।

जेन–जी आन्दोलनपछि २७ भदौमा प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएको थियो । २१ फागुनमा नयाँ चुनाव गर्ने शर्तमा प्रधानमन्त्री बनेकी कार्कीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन् ।

प्रतिक्रिया