धनगढी । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशसभाका प्रमुख सचेतक विक्रमसिंह धामीले विशेष महाधिवेशनका नाममा हस्ताक्षर दुरुपयोग गरिएको बताएका छन् ।
महासमिति सदस्यसमेत रहेका दार्चुलाका धामी र महाधिवेशन प्रतिनिधि रहेका दार्चुलाकै गोकर्णबहादुर चन्दले विज्ञप्ति जारी गर्दै हस्ताक्षरको दुरुपयोग भएको बताएका हुन् ।
‘नेपाली काँग्रेसका सभापति सम्माननीय शेरबहादुर देउवाज्यू र उहाँकी धर्मपत्नी नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाक्टर आरजु देउवाज्यू जेनजी आन्दोलनको क्रममा आफ्नै निवासमा सांघातिक हमलामा परी घाइते अवस्थामा उपचाररत रहेका बेला हस्ताक्षर गर्ने परिकल्पना गर्ने सकिदैन,’ उनीहरुले भनेका छन्, ‘अन्य परियोजनका लागि गरिएको हस्ताक्षरको दुरुपयोग भएकोमा विशेष महाधिवेशनको लागि कही कतै हस्ताक्षर नगरिएको व्यहोरा अनुरोध गर्दछौं ।’
प्रतिक्रिया