धनगढी । एकीकृत समाजवादी कैलालीका अध्यक्ष र सचिवसहित बहुमत जिल्ला कमिटी नयाँ बनेको नेपाली कम्युनिस्ट पार्टीमा सामेल नहुने भएका छन् । अध्यक्ष विमल जोशी, सचिव दीर्घ जोशी, उपसचिव प्रेमलाल चौधरीसहित जिल्ला कमिटीका अधिकांश पदाधिकारी र सदस्य नेपाली कम्युनिस्ट पार्टीमा नजाने भएका हुन् । एकीकृत समाजवादीको जिल्ला कमिटी १२१ सदस्यीय छ । ‘जिल्ला कमिटी बैठक गरेर एकतामा सामेल नहुने निर्णय गरेका छौं, हामी एमालेमा पनि जाँदैनौ,’ सचिव जोशीले भने, ‘हामी पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली रहेको पार्टीमा जाँदैनौ ।’ जोशीका अनुसार १२१ सदस्यीय जिल्ला कमिटीमा ९१ जनाले एकतामा सामेल नहुने बताएका छन् ।
यस्तै, अध्यक्ष जोशी, सचिव जोशी र उपसचिव चौधरीले सयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कम्युनिस्ट आन्दोलनको बदनाम गर्ने मनसायले माओवादी, एकीकृत समाजवादी लगायत दर्जन बढी दलबीच एकता भएको बताइएको छ । ‘जिल्ला कमिटी बैठकले पार्टी एकता सम्बन्धमा गम्भिर छलफल गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको एकतामा १० दल हँुदै १२ दल र अहिले १३ दलको हवाला दिइँदैछ । वास्तवमा यो एकतामा कुनै पनि पार्टी संग्लो रुपमा सहभागी छैनन् । अर्कोतर्फ आधारभुत संगठन नै नभएका पार्टीहरु एकतामा सहभागी छन् । यसले कम्युनिस्ट आन्दोलनको एकतामा योगदान नपु¥याई क्षति पुरÞ्याउने निश्चित छ । यो कम्युनिस्ट सिद्धान्तमा आधारित एकता होइन । यो केबल नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्ने र कम्युनिस्ट आन्दोलनको बदनाम गर्ने मनसायले भएको एकता हो ।’
अहिलेको अवस्थामा एमाले अध्यक्ष ओलीले पनि कम्युनिस्ट आन्दोलनलाई बिसर्जनको बाटोमा लगिरहेको विज्ञप्तिमा आरोप लगाइएको छ । ‘नेकपा ९एकिकृत समाजवादी० जिल्ला कमिटी कैलालीले कम्युनिस्ट विरोधी एकतामा सहभागी नहुने निर्णय गरिसकेको छ,’ अध्यक्ष जोशीले भने, ‘हामीले सम्पूर्ण सदस्यलाई पुर्नगठनमा लाग्न अनुरोध गरेका छौ ।’ नेपाली कम्युनिस्ट पार्टीको भोलि धनगढीमा एकतासभा भइरहेको छ । सभालाई सम्बोधन गर्न नेकपाका संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल पनि आइरहेका छन् । एकतासभाको पूर्वसन्धयामा जिल्ला कमिटीले नै एकतामा सामेल नहुने निर्णय गरेको हो ।
प्रतिक्रिया