धनगढी । नेकपा (एमाले) को आसन्न ११औं महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन प्रक्रिया सकिँदै गर्दा युवा क्लस्टरबाट गोविन्द गिरी सर्वसम्मत चयन भएका छन्। स्थानीय तहमा भएको आन्तरिक छलफल, संगठन विस्तार र एकीकृत निर्णय प्रक्रियामार्फत गिरीको नाम कुनै प्रतिस्पर्धा बिना नै टुंगो लागेको हो।
लामो समयदेखि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा नेतृत्व गरेका गिरी युवा गतिविधि, सांगठनिक अभियान र विभिन्न सामाजिक कार्यक्रममार्फत सक्रिय रूपमा पहिचान बनाउँदै आएका छन्। उनी विशेषगरी युवालाई संगठित गर्ने, नीति–कार्यक्रमबारे प्रशिक्षण दिने र पार्टी तथा संगठनलाई संरचनामा मजबुत बनाउन योगदान पुर्याउँदै आएका कारण नेतृत्वको भरोसा जित्न सफल भएको बताइन्छ ।
युवा क्लस्टरबाट निर्वाचित गिरीले महाधिवेशनमार्फत संगठनलाई अझै योजनाबद्ध, व्यवस्थित र भविष्यमुखी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
प्रतिक्रिया